तीन अंकले नेप्से बढ्दा पाँच अर्ब ५२ करोडको कारोवार

तीन अंकले नेप्से बढ्दा पाँच अर्ब ५२ करोडको कारोवार

२७ पुस, काठमाडौं । अघिल्लो दिन उच्च अंकले बढेको नेप्सेमा साताको दोस्रो कारोवार दिन आज सोमबार भने सामान्य करेक्सन देखिएको छ ।

नेप्से आज तीन दसमलव सात अंकले बढेर २२ सय ३९ दसमलव ४२ बिन्दुमा चढेकोमा सेन्सिटिभ पनि शुन्य दसमलव ९६ अंकले बढेर चार सय २९ दसमलव ३९ बिन्दुमा चढेको छ । आज दुई सय आठ वटा कम्पनीहरुको ४८ हजार ५३ पटकको कारोवारमा एक करोड ३५ लाख ६० हजार सात सय ८३ कित्ता सेयर खरिद बिक्री भएको छ । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम पाँच अर्ब ५२ करोड ४८ लाख ३२ हजार नौ सय ९३ रुपैयाँ पुगेको छ ।

आज १२ वटा समुहको कारोवार हुंदा सात वटा समुहको सुचक बढेकाछन् भने पाँच वटा समुहको सुचक घटेकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक दुई दसमलव ८७ अंकले बढेर १७ सय २३ दसमलव १७ बिन्दुमा चढेकोमा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, जलबिद्युत, फाईनान्स र सामुहिक लगानी कोष समुहको सुचकहरु पनि बढेकाछन् । ट्रेडिङ, होटल, उत्पादनमुलक, अन्य र लघुबित्त समुहको सुचक भने आज घटेकाछन् ।

आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको आरम्भ चौतारी लघुबित्त बित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर आठ सय ९२ रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको मल्टीपर्पोस फाईनान्सको प्रतिकित्ता सेयर मुल्य पाँच दसमलव ९५ प्रतिसतले घटेर एक सय ५८ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको सिद्धार्थ बैकको प्रतिकित्ता चार सय ७२ रुपैयाा अन्तिम मुल्यमा ४२ करोड ६२ लाख १२ हजार आठ सय १९ रुपैयाँको कारोवार भएको छ ।

TOP