
२८ पुस, कास्की । प्रकृति र पर्यावरण संरक्षणका लागि गण्डकी प्रदेशमा क्रियाशील हिल हिमालयज संस्थाको शीर्ष गीति भिडिओ ‘हामी मान्छे’ सार्वजनिक भएको छ । संस्थाकै युट्युब च्यानल ‘हिल हिमालयज’ बाट उक्त गीति भिडिओ सार्वजनिक गरिएको हो ।
गीतमा संस्थाका सफाइ अभियन्ता आर्सन क्षेत्रीको शब्द तथा आवाज छ । साइमन तझ्याले संगीत भरेको सो गीति भिडिओको निर्माण लेबल नेक्स्टले गरेको हो । कृष्णराज गुरुङले भिडिओको सम्पादन गरेका छन् । प्रकृति र पर्यावरण संरक्षणका लागि योगदान दिने उद्देश्यका साथ गीति भिडियो तयार गरिएको हिल हिमालयजका अध्यक्ष रोशन गुरुङ बताए । प्रकृति सफाइको अभियानलाई जारी राख्न सयौँ अभियन्ताले पु¥याएको सहयोग र दाताको हौसला आफूहरूका लागि प्रेरणाको जग भएको बताउँदै उहाँले गीत सङ्गीतमार्फत पनि वातावरण संरक्षणमा सचेतना पुग्ने विश्वास लिइएको बताए।
संस्थाले हालसम्म २८ औँ सफाई श्रृंखला सम्पन्न गरिसकेको छ । जसबाट ४१ हजार केजी बढी फोहर सङ्कलन गरी पोखरा महानगरको डम्पिङ साइटमा व्यवस्थापन भएको संस्थाका सदस्य विश्वास गुरुङले जानकारी दिए । गीति भिडियोको एक कार्यक्रमकाबीच सोमबार सार्वजनिक गर्दै गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङले प्रकृतिलाई पुनर्जीवन दिने उद्देश्यले थालिएको युवाहरूको सत्कर्मले नयाँ सन्देश दिएको बताए।
पोखरा जुओलोजिक पार्कका संयोजक हिमालय बख्रेल, रोनित गुरुङलगायतले प्रकृति संरक्षणको अभियानमा लागेका युवाहरुले समाजलाई नै प्रेरणामूलक सञ्चार प्रवाह गरेको बताए । संस्थाको साप्ताहिक सफाइ अभियानलाई हौसला प्रदान गर्दै कुशुम कृष्ण आयुर्वेदका सञ्चालक कृष्णबहादुर राउतले नगद पाँच हजार सहयोग र केही फेस माक्स सहयोग गरेका थिए ।
30th Apr 2020 , 12:40 pm
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
30th Apr 2020 , 12:40 pm
20th Jan 2021 , 5:01 am
22nd Jan 2021 , 5:54 am
21st Jan 2021 , 5:17 am
19th Jan 2021 , 5:25 am