गायक प्रमोद खरेलको उजुरीले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा पक्राउ

गायक प्रमोद खरेलको उजुरीले बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा पक्राउ

२८ पुस, काठमाडौं । बिन्दवासिनी म्युजिक प्रालिकी अध्यक्ष लिना शर्मा रेग्मीलाई प्रहरीले पक्राउ गरेको छ । प्रतिलिपि अधिकार उल्लंघन गरेको आरोपमा महानगरीय प्रहरी परिसर, काठमाडौंले उनलाई पक्राउ गरेको हो । उनी पक्राउ परेको प्रहरी नायब उपरीक्षक प्रमेश बिष्टले पुष्टी गरेका छन् ।

आइतवार गायक प्रमोद खरेललगायत केही कलाकारहरूले प्रतिलिपि अधिकार उल्लंघनको जाहेरी दिएका थिए। जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।  प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर प्रहरीले पक्राउ गरेको छ ।

TOP