रेलमार्गको नक्शाकंनसँगै स्थानीयको विरोध किन ?

रेलमार्गको नक्शाकंनसँगै स्थानीयको विरोध किन ?

२८ पुस,  बारा । पूर्व मेचीदेखि पश्चिम महाकाली सम्म तीव्र गतिको रेल सञ्चालन गर्ने लक्ष्यका साथ सुरू गरिएको रेल मार्ग निर्माणमा बाराको निजगढ नगरपालिका स्थित निजगढमा अवरोध भएको छ ।

रेल मार्गका लागि परियोजनाको विस्तृत अध्ययन रिपोर्ट (डिपिआर) तयार भई अन्य क्षेत्रमा धमाधम काम भई रहेको भएता पनि बाराको निजगढमा आई पुग्दा भने रेलमार्गको सर्वेमा नैं विवाद र अवरोध भई रहेको हो ।

रौतहटबाट बाराको निजगढमा पुर्व दक्षिण तर्फको बकैया नदि हुँदै उत्तर पश्चिम जाने राष्ट्रिय गौरवको आयोजना मेची—महाकाली विद्युतिय रेलमार्ग अन्तरर्गतको निजगढ–हेटौंडा–भरतपुर खण्डका रेल मार्गको विस्तृत अध्ययन रिपोर्ट (डिपिआर) तयार गर्न आएका सर्वे प्राविधिक टोलीले निजगढको पुर्व दक्षिण तर्फबाट बुद्ध चोक तर्फ आउँने उक्त रेल मार्गमा आफ्नों जग्गामा परेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

रेल मार्गको अध्ययन सुरू गर्दा नैं घरजग्गा मासिने भन्दै निजगढका स्थानीयले विरोध सुरू गरेका हुन् । बाक्लो बस्ती बाटै रेल मार्ग लैजाँदा धेरै घर र उव्जर जमिनहरू मासिने भएपछि स्थानीयले विरोध गरेको हो ।

रा निजगढका स्थानीय सरोकारवाला जग्गाधनीहरुलाई कुँनै जानकारी नदिई विद्युतिय रेलमार्गको सर्वे कार्य गर्दै पिल्लर गाडे पछि स्थानीयहरुले तत्कालका लागि यस कार्यमा रोक लगाउँदै पिल्लर उखेल्न लगाएका छन् ।

राष्ट्रिय गौरवको आयोजना मेची—महाकाली विद्युतिय रेल मार्ग अन्तरर्गतको निजगढ , हेटौंडा , भरतपुर खण्डको डि.पि.आर तैयार गर्न आएका सर्वे टोलीले र मन्त्रालयले सम्बन्धित निकायलाई कुँनै जानकारी नदिई विकासका नाउँमा महेन्द्र राजमार्ग अन्तरर्गतको निजगढ बजार क्षेत्रको मुख्य बस्तीलाई प्रभावित पार्ने गरि रेल मार्गको नक्शाकंन गर्न टोली खटाएसँगै त्यस कार्यको स्थानीयहरुको व्यापक रूपमा विरोध शुरु भए पछि तत्कालका लागि सो कार्य रोकिएको छ ।

सर्वे कार्यमा खटिने प्राविधिकहरुले स्थानीय जग्गाधनी, स्थानीय तह निजगढ नगरपालिकालाई समेत कुनै जानकारी नदिई धमाधम नीजि जमीनमा पिल्लर गाडेसँगै स्थानीय आक्रोशित भए पछि यस कार्य तत्कालै रोक्दै निजगढ नगरपालिकाले निर्दशन दिएको छ ।

विकासका नाउँमा बस्ती ताक्दै उजाड बनाउने सरकारको नियत तत्कालै नसच्चिए कडा संर्घषमा उत्रने सरोकारवाला स्थानीयहरुले बताएका छन् ।

स्थानीयले रेल मार्गको निमार्ण गर्न स्थानीय बकैया नदिको किनारबाट ट्रयाक लान सुझाब दिएका छन् । नदिको किनार हुँदै रेल मार्ग गएमा स्थानीयको घर , जमिन जोगिने तथा स्थानीय नदिबाट हुँदौ आएको नदि कटानबाट बस्ती समेत जोगिने स्थानीयको बुझाई रहेको छ ।

पूर्व-पश्चिम रेल मार्गमा जति सक्दो छिटो तीव्र गतिको बुलेट रेल नैं कुदाउँने सरकारको योजना रहे पनि एक दसक वित्दा समेत रेल मार्गको पूरै डिपीआर तैयार हुन सकेको छैन ।

पूर्व-पश्चिम रेलमार्गको निर्माणको प्रक्रिया सन् २००८ देखि नैं सुरू भए पनि सरकारले पर्याप्त बजेट नछुट्याउदा कामले तीव्र रूप लिन सकेको छैन ।

TOP