सेभियालाई पराजित गर्दै एटलेटिको म्याड्रिडले अग्रता बढायो

सेभियालाई पराजित गर्दै एटलेटिको म्याड्रिडले अग्रता बढायो

२९ पुस, काठमाडौँ । स्पेनिस ला लिगामा एटलेटिको म्याड्रिडले सेभियालाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिकोले सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो ।

एटलेटिकोको जितमा एंगल कोरिया र साउल निगुएजले एक एक गोल गरेका थिए ।

यो जितसहित शिर्ष स्थानमा रहेको एटलेटिकोले आफ्नो अग्रता बढाएको छ । एटलेटिकोको १६ खेलमा ४१ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल म्याड्रिडभन्दा ४ अंकले अगाडी रहेको छ । यद्यपी एटलेटिकोले २ खेल अझै कम खेलेको छ ।

त्यस्तै सेभियाको भने १७ खेलमा ३० अंक रहेको छ र लिगमा छैठौ स्थानमा रहेको छ ।

TOP