
२९ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका २५९ जना कोरोना संक्रमित थपिएका छन्।
योसँगै उपत्यकामा एक लाख २३ हजार २८४ जना व्यक्ति संक्रमित भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा २२१ , ललितपुरमा २९ र भक्तपुरमा ९ जनालाई कोरोना संक्रमण देखिएको छ।
हालसम्म काठमाडौंमा मात्र ९९ हजार १५० जना संक्रमित भएका छन्, जसमध्ये ४८२ जनाको मृत्यु भएको छ। हालसम्म ९६ हजार ४२७ जना निको भएका छन्।
ललितपुरमा १५ हजार ६४४ जना संक्रमित भएका छन्। जसमा १५२ जना संक्रमितको मृत्यु भएको छ। ललितपुरमा १५ हजार ३६७ जना निको भएका छन्।
भक्तपुरमा ९ हजार ६३ संक्रमितमध्ये १११ जनाको मृत्यु भएको छ। हालसम्म ८ हजार ८६४ जना निको भएका छन्।
आज काठमाडौंमा २ हजार २४१ ललितपुरमा २७७ र भक्तपुरमा ८८ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
30th Apr 2020 , 12:40 pm
15 hours ago
15 hours ago
15 hours ago
15 hours ago
30th Apr 2020 , 12:40 pm
20th Jan 2021 , 5:01 am
22nd Jan 2021 , 5:54 am
21st Jan 2021 , 5:17 am
19th Jan 2021 , 5:25 am