प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई शुक्रबार हुने

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाई शुक्रबार हुने

२९ पुस, काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा हेर्दाहेर्दैमा रहेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा बुधबार भएको बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको हो ।

अब अर्को सुनुवाई शुक्रबार हुने भएको छ ।

बुधबारको सुनुवाईमा प्रतिनिधि सभा विघटनविरुद्धको मुद्धा संबैधानिक इजलासमा गर्नेकी बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भन्ने विषयमा बहस भएको छ । बहस नसकिएपछि प्रधानन्यायाधीश राणाले शुक्रबारसम्मका लागि इजलास स्थगित भएको जानकारी गराएका हुन् ।

आजको बहसमा प्रतिनिधिसभा विघटनविरुद्धका निवेदन बृहत् पूर्ण इजलासमा लैजान सरकारी पक्षले असहमति व्यक्त गरेको छ ।

आजको इजलासका लागि सर्वोच्चले प्रधानन्यायाधीश जबराको नेतृत्वमा इजलास गठन गरेको थियो । इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी रहेका थिए ।

TOP