
२९ पुस, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनलाई सिध्याउन खोजेको आरोप लगाएका छन् ।
प्रचण्ड-नेपाल पक्षको काठमाडौँ जिल्लास्तरीय बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली सिध्दिन लागेको बताएका छन् ।
आफुहरु अहिले नागरिक जिम्मेवारी र कम्युनिष्ट कर्तव्यका लागि सडकमा उत्रिएको बताउदै ओली गुट भ्रष्ट्र बाटोमा भएको नेपालले बताए ।
ओली गुटले अहिले भ्रम फैलाइरहेको भन्दै यसको एक एक रेकर्ड राखेर जवाफ दिनुपर्ने नेपालले बताए ।
नेपालले ओलीका हरेक अभिव्यक्तिको विश्लेषण गर्दा कम्युनिष्ट पार्टीको नेताले यस्तो कसारी बोल्न सक्छ भन्ने निष्कर्ष निस्किने बताए ।
ओली कम्युनिष्ट नभएको बताउदै नेपालले वामदेवले एक समयमा ओलीमा कम्युनिष्टको कुनै गुण नभएको बताएको स्मरण गरेको उल्लेख गरेका थिए ।
अध्यक्ष नेपालले ओली सुध्रिने मान्छे नभएको भन्दै उनी कहिल्लै नझुक्ने दाबि गरे । उनीमा निरंकुश र सर्बसत्तावाद हावी भएको आरोप लगाउदै सरकार चलाउदा पनि मन्त्रीको अधिकार खोसेर सचिवबाट काम गर्ने गरेको उनले बताए ।
अहिले संबिधानका मुल्य र मान्यतामाथि प्रहार भएकोले यसका विरुद्ध दृढ भएर उभिनुपर्ने बताउदै ओलीले ज्ञानेन्द्रले गरेको जस्तो ‘कू’ गरेको बताए ।
अहिलेको लडाई लोकतन्त्र जोगाउने की मास्ने भन्ने बिचको भएको भन्दै अध्यक्ष नेपालले विभिन्न आन्दोलनले स्थापित गरेका उपलब्धिलाई जोगाउन लाग्नुपर्ने बताए ।
30th Apr 2020 , 12:40 pm
17 hours ago
17 hours ago
17 hours ago
17 hours ago
30th Apr 2020 , 12:40 pm
20th Jan 2021 , 5:01 am
22nd Jan 2021 , 5:54 am
21st Jan 2021 , 5:17 am
19th Jan 2021 , 5:25 am