
९ माघ, काठमाडौं । संसद बिघटनविरुद्ध पूर्वनिर्धारित आन्दोलनका कार्यक्रम अन्तर्गत कांग्रेसले बिहीबार देशभरका वडाहरुमा विरोध प्रदर्शन गरेको छ ।
यसै क्रममा कांग्रेसले बाँकेमा आयोजना गरेको विरोध प्रदर्शनमा कांग्रेस नेता राजीव विक्रम शाहले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विबादका कारण संविधान माथि प्रहार गरेकाले कांग्रेस खुशी भएर बस्न नमिल्ने बताए । उनले कांग्रेस मिलेर अघि बढ्नुको विकल्प नरहेको औंल्याए । साथै उनले कम्युनिष्ट मिल्नु नै लोकतन्त्र र देशमाथि नै खतरा रहेको कुरा पहिला नै भनेको र त्यस्तै भएको समेत बताए ।
यसअघि कांग्रेसले संसद विघटनको कदमविरूद्ध गत पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा, पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा तथा माघ ३ गते ७५३ पालिकामा विरोध प्रदर्शन गरेको थियो ।
30th Apr 2020 , 12:40 pm
Just Now
2 minutes ago
4 minutes ago
6 minutes ago
30th Apr 2020 , 12:40 pm
25th Feb 2021 , 5:15 am
28th Feb 2021 , 9:07 am
28th Feb 2021 , 9:13 am
25th Feb 2021 , 5:10 am