पूर्व जनमुक्ति सेनाका कमाण्डरलाई ओलीको आश्वासन – नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन

पूर्व जनमुक्ति सेनाका कमाण्डरलाई ओलीको आश्वासन – नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन

११ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूको भावनालाई नेतृत्वले दुरुपयोग गरेको आरोप लगाएका छन् ।

पूर्व जनमुक्ति सेनाका कमाण्डरहरूसँग प्रधानमन्त्री निवास बालुवाटारमा भेटघाट गर्दै प्रधानमन्त्री ओलीले जनयुद्धको अवधिमा गरेको योगदान, ट्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान रहेको बताउदै नेतृत्वबाट विगतमा जस्तो धोका नहुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने ‘जनयुद्धको अवधिमा तपाईंहरूको योगदान, त्याग, बलिदान र क्रान्तिको सपनाप्रति सम्मान छ । नेतृत्वले तपाहरूका भावनाको दुरूपयोग गर्यो । यो तथ्य बुझेर यहाँहरू जुन निष्कर्षमा आइपुग्नुभयो, यो एकदमै सही छ । यसरी आइरहँदा तपाईहरू ढुक्क हुनुहोस, हामी राजनीतिक रूपमा समस्याको वास्तविक समाधान गर्छौं । नेतृत्वबाट विगतमा जस्तो धोका पाउनुहुने छैन ।’

TOP