कस्तो छ फिल्म द ह्वाइट टाइगर ?

कस्तो छ फिल्म द ह्वाइट टाइगर ?

१२ माघ, काठमाडौं । चलचित्र: द ह्वाइट टाइगर
कलाकार: आदर्श गौरव, राजकुमार राव, प्रियंका चोपड़ा, महेश मांजरेकर आदि।
पटकथा, निर्देशन: रमीन बहरानी
लेखक: अरविंद अडिगा (उपन्यास ‘द ह्वाइट टाइगर’ पर आधारित)

ईरानी अमेरिकी निर्देशक द्वारा निर्देशित सामाजिक क्रान्तिको बारेमा चलचित्र ह्वाइट टाइगर अपराधबोधबाट ग्रसित मानसिकता भएको चलचित्र हो । चलचित्रमा भारतको गरिबी र उक्त गरिब गाउँको धनी व्यक्ति ‘ठाकुर’ द्वारा कोरिएको लक्ष्मण रेखा हो र त्यसलाई नाघेर अगाडी बढ्ने बाटो सधैं अपराधको हुने देखाइएको छ ।

अरविंद अडिगाको उपन्यास ‘द ह्वाइट टाइगर’ भारतीय सामाजिक, आर्थिक र राजनीतिक संक्रमण कालको कथा, बुकर प्राइजको बिजेता हो । नयाँ युगको शुरुवातको कथाको रुपमा उक्त उपन्यासलाई रमीन रहमानीले विश्व सिनेमा देखाउन एउटा पटकथा रचेका छन् ।

रमीनले भारतलाई हेर्ने एउटा पूर्वनिर्धारित सुत्र रहेको छ । प्रियंका चोपडा उनको लागि एउटा ‘देशी’ हुन् ।

गाउँको प्राथमिक विद्यालयमा फरर्र अंग्रेजी बोल्ने बालक, ‘बलराम- ह्वाइट टाइगर’ र गरिबको शोषण गर्ने जमिन्दारको घरमा जिन्मिएर पनि आईटीलाई आफ्नो करियर बनाउने अशोक, धनी र गरिबको बीचको पुल को रुपमा रहेका छन् । यस चलचित्रमा भारत- इन्डियाको भिन्नता देखाइएको छ ।

चलचित्र ‘द ह्वाइट टाइगर’ मा कुनै पात्र हिरो छैन । हिरो जस्तो देखिने भूमिकामा कुनै पनि पात्र देखिदैन । यो नयाँ नायकको बारेमा चलचित्र हो जसको मूल बिहारको गाउँमा देखाइएको छ र जहाँ अझैपनि जमिन्दार आफ्नो पजेरो गाडीमा गरिबबाट पैसा उठाउदै हिड्छ जसलाई वसुली भनिन्छ । जहाँ राम्रो हुनु पनि एक भ्रम हो । जस्तै कि बलरामलाई शहरको ड्राइभरको रुपमा ठान्दछन्, ‘उ धनी छ ।’

भारतमा मुस्लिमको नाम र पहिचान लुकाएर रोजगारी मिल्ने देखाइएको छ र नेताहरुको गालीबाट धनीहरुको देखावटीपन बाहिर आएको पनि चलचित्रले देखाएको छ । यो तब थप छरपस्ट हुन्छ जब एउटा नेताले जमिन्दारको बैठक कोठामा पान खाएर थुकेर जान्छिन् ।
चलचित्र हेर्ने क्रममा वितृष्णा र घृणाको भाव पटक-पटक आउने गर्दछ । चलचित्र हेर्दा लाग्छ कि रमीन बहरानी, ‘स्लमडग मिलिनेयर’ को रिभर्स भर्जन बनाउन लागेको हुन् ।

रमीन बहरानीले भारतीय पृष्ठभूमिको यस्तो उपन्यासमा आधारित चलचित्र बनाउने प्रयास गरेका छन् जसको भाव, उनले कहिले पनि अनुभव गर्न सक्दैनन् । जस्तै कि प्रियंका चोपडाको भूमिका । बिहारको एक कोइला माफियाको घरको बुहारीले कहिले पनि आफ्नो जेठाजु संग झगडा गर्ने सोच्न पनि सक्दिनन् होला !

चलचित्रमा एउटा भारतीय नोकरको कथा देखाइएको छ तर चलचित्र मूलरुपमा अंग्रेजीमा बनेको छ । जो अरुको दुखमा आफु खुसि हुनेगर्दछ तर उसको मालिकले एउटा घरपालुवा कुकुर जस्तै गरी राख्ने प्रयास गर्दछ ।

चलचित्रको कथामा बलराम एउटा जोकरको रुपमा मालिक्नीको जन्मदिनमा पुग्छ र सोहि दिन जेल जानुपर्ने घटना हुन्छ तर सोहि घटना पछि बलराम र चलचित्रको आत्मा परिवर्तन हुन्छ ।

चलचित्र ‘द ह्वाइट टाइगर’ मा  महेश मांजरेकर जस्तै राजकुमार राव र प्रियंका चोपडा पनि सहायक कलाकारहरुको भूमिकामा छन् ।

वास्तविक कथा आदर्श गौरवको वरपर घुमिरहन्छ । अभिनयमा आदर्शले आफ्नो पात्रलाई न्याय दिएका छन् । आदर्शको अभिनय दर्शकहरुले पहिला नै वेबसिरिज र वेब चलचित्रमा देखेका छन् तर यस चलचित्र, ‘द ह्वाइट टाइगर’ बाट उनी कति माथि उठ्ने छन् भने हेर्न बाँकी छ ।

चलचित्रमा रमीनको निर्देशन र आदर्श गौरवको अभिनय संगै सबैभन्दा प्रभावित गर्ने पक्ष, सिनेमेटोग्राफी र एडीटिंग हो । इटालियन क्यामेराम्यान पाओलो कारनेराको क्यामेराले भारत र इन्डियाको भिन्नता प्रष्ट देखाएको छ । दिल्लीको पहिलो दृष्य पनि उनको क्यामेरामा कुनै गाउँको जस्तो देखिन्छ ।

यो चलचित्रको आत्मा हो । टिम स्ट्रीटोले फिल्मलाई दुरुस्त देखाएको छ । ड्यानी बेन्सी र सान्डर जुर्रियान्सको संगीत औसत भन्दा पनि कम रहेको छ र चलचित्रको कथासंग मिलेको जस्तो छैन । चलचित्र अंग्रेजीमा छायांकन गरिएको कारण यसको हिन्दी संस्करणको डबिंग थुप्रै ठाउँमा चुकेको छ ।

TOP