स्वास्थ्य मन्त्रालयका अधिकृतको कोरोना संक्रमणबाट मृत्यु

स्वास्थ्य मन्त्रालयका अधिकृतको कोरोना संक्रमणबाट मृत्यु

१२ माघ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकृत कृष्णगोपाल श्रेष्ठको मृत्यु भएको छ ।

चिकित्सा विज्ञान स्वास्थ्य प्रतिष्ठान वीर अस्पतालमा उपचारका क्रममा उनको सोमबार निधन भएको मन्त्रालयका सह-प्रवक्ता समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

ललितपुरस्थित गोदावरी निवासी ५१ वर्षीय श्रेष्ठ मन्त्रालयमा लामो समयदेखि कम्प्युटर अधिकृत तहमा कार्यरत थिए ।

TOP