
१५ माघ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप अभियानको निरीक्षण गरेका छन् ।
प्रधानमन्त्री ओलीले उपत्यकाका विभिन्न अस्ताल पुगेर खोप लगाएको अनुगमन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, त्रिवि शिक्षण अस्पताल, वीरेन्द्र सैनिक अस्पताल र नेपाल प्रहरी अस्पताललगायतका अस्पताल पुगेर खोप कार्यक्रम अवलोकन गरेका छन् ।
यस अघि प्रधानमन्त्री ओलीले बुधबार बिहान बालुवाटारमा आयोजित एक कार्यक्रमबाट खोप अभियानको शुभारम्भ गरेका थिए । उनले आगामी तीन महिना भित्र सबैले खोप लगाउन पाउने बताउदै भारतबाट थप खोप ल्याउने तयारी भइरहेको बताएका थिए ।
30th Apr 2020 , 12:40 pm
8 minutes ago
10 minutes ago
12 minutes ago
14 minutes ago
30th Apr 2020 , 12:40 pm
25th Feb 2021 , 5:15 am
28th Feb 2021 , 9:07 am
28th Feb 2021 , 9:13 am
25th Feb 2021 , 5:10 am