
१५ माघ, काठमाडौं । केन्द्रीय तथ्यांक विभागले जनगणना २०७८ का लागि ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक पदको भर्ना खोलेको छ ।
करारमा कर्मचारी भर्नाका लागि केन्द्रीय तथ्यांक विभागले आजै दरखास्त आह्वान गरेको छ ।
इच्छुक व्यक्तिले केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्ने विभागले जनाएको छ । जसको लागि विभागको वेबसाइट www.cbs.gov.np मा जान सकिने छ । करारमा नियुक्त जनशक्तिले नपुगेमा सार्वजनिक विद्यालयका शिक्षक तथा सरकारी कर्मचारीलाई लिन सकिने छ ।
स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने छन् । तर भर्ना भने कुनै एक पदका लागि मात्र लिइने विभागले जनाएको छ ।
30th Apr 2020 , 12:40 pm
36 minutes ago
38 minutes ago
40 minutes ago
41 minutes ago
30th Apr 2020 , 12:40 pm
25th Feb 2021 , 5:15 am
28th Feb 2021 , 9:07 am
28th Feb 2021 , 9:13 am
25th Feb 2021 , 5:10 am