भारतमा पछिल्लो २४ घण्टामा ११ हजार ६६६ जना संक्रमित पुष्टि

भारतमा पछिल्लो २४ घण्टामा ११ हजार ६६६ जना संक्रमित पुष्टि

१५ माघ, काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १२३ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ५३ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ५३ हजार ८४७ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ११ हजार ६६६ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । भारतमा कुल संक्रमित एक करोड ७ लाख १ हजार १९३ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म एक करोड ३ लाख ७३ हजार ६०६ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा १४ हजार ३०१ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा १ लाख ७३ हजार ७४० कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १९ करोड ४३ लाख ३८ हजार ७७३ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा ७ लाख २५ हजार ६५३ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

त्यस्तै भारतमा अहिलेसम्म २३ लाख ५५ हजार ९७९ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

TOP