
१५ माघ, मनाङ । मनाङ नासो गाउँपालिकाको थोचेमा मंगलबार रातिदेखि लागेको आगो नियन्त्रणमा आउन सकेको छैन । आगोले बृहत् रुप लिन थालेपछि बुधबार बिहानैदेखि स्थानीय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायतको टोली आगो निभाउन दिनभर खटेको थियो ।
टोलीलाई मानव बस्ती जोगाउन हम्मेहम्मे परेको छ । मानव बस्ती भएको वडा नं। ६ र ७ को तिल्चेनजिक आगो पुग्न लागेको छ भने वडा नं ५ थोंचे खतरामुक्त रहेको छ ।
आगो मानव बस्तीनजिकै आइपुगेकाले नियन्त्रणमा लिने प्रयासमा लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आगलागी के कति कारणले भयो भन्ने पत्ता लागेको छैन । अहिले प्रहरी, सेना, सशस्त्र प्रहरी तथा स्थानीय मिलेर अग्नि रेखा तयार पारी बस्ती जोगाउने प्रयास गरिरहेका छन् ।
हिमाली जिल्ला भए पनि यसपालि हिउँ तथा पानी नपरेकाले सुकेको निगालोको झाडीमा आगलागी भएको छ । धेरै ठूला रूखहरु नजले पनि साना बुट्यान तथा झाडी जलेका छन् । आगो मानव बस्तीनजिक पुगेको स्थानीयले बताएका छन् ।
30th Apr 2020 , 12:40 pm
17 hours ago
17 hours ago
17 hours ago
17 hours ago
30th Apr 2020 , 12:40 pm
25th Feb 2021 , 5:15 am
28th Feb 2021 , 9:07 am
28th Feb 2021 , 9:13 am
25th Feb 2021 , 5:10 am