ओलीको प्रचण्ड-नेपाललाई चुनौती: प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्

ओलीको प्रचण्ड-नेपाललाई चुनौती: प्रधानमन्त्रीबाट हटाएर देखाउनुहोस्

१७ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्री पदबाट हटाउन चुनौती दिएका छन् ।

आइतबार गृह जिल्ला झापामा औद्योगिक क्षेत्र उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसद् पुनःस्थापना गर्न सफल भएका प्रचण्ड–नेपाल पक्षलाई प्रधानमन्त्रीबाट आफूलाई हटाउन चुनौती दिएका हुन् ।

उनले नेकपाको अध्यक्ष र संसदीय दलको नेता आफै भएको भन्दै आफुलाई हटाएर देखाउन चेतावनी दिएका हुन् ।

‘संसद् त पुनःस्थापना भयो तर संसदीय दलको नेता केपी ओली हो, नेकपाको अध्यक्ष हो । अब प्रधानमन्त्री केपी ओली छ । उहाँहरु मसँग राजीनामा माग्नुहुन्छ । तपाईंहरुले जब संसद पुनःस्थापना गरेर ल्याउनुभभएको छ, मुद्दा लडेर ल्याउनुभएको छ भने केपी ओलीलाई पनि हटाएर देखाउनुहोस् न ।’

प्रधानमन्त्री ओलीले हटाएपनि फेरी दुइतिहाई बहुमत ल्याएर आउने दाबि समेत गरेका छन् । उनले भने, ‘अविश्वासको प्रस्ताव राख्नुस्, पास गर्नुस् । हटाएर देखाउनुस्, हटाउनुभएछ भने फेरि तीन करोड जनताबाट दुई तिहाई ल्याएर आइन्छ ।’

TOP