प्रधानमन्त्रीको प्रश्न- सिद्धिएका प्रचण्डलाई मैले ५३ सिटमा पुर्‍यादिएको छु, धाक लगाउने ?

प्रधानमन्त्रीको प्रश्न- सिद्धिएका प्रचण्डलाई मैले ५३ सिटमा पुर्‍यादिएको छु, धाक लगाउने ?

१७ फागुन,  काठमाडौं । विभाजित नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देश र जनताका लागि अनकम्फरटेबल रहेको बताएका छन्।

हिमालय टेलिभिजनसँगको कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले प्रचण्ड देश र जनताका लागि अनकम्फरटेबल रहेको बताएका हुन् । पछिल्लोपटक एक टेलिभिजनसँगको कुराकानीमा प्रचण्डले आफ्नो पक्षकासहित काँग्रेस र जसपाको संयुक्त सरकार बने भारतलाई समेत कम्फरटेबल हुने बताएका थिए । उनकोसोही भनाईप्रति कटाक्ष गर्दै ओलीले भने, ‘नेपाली जनताका लागि म कम्फरटेबल छु। केके गर्नुभयो नेपाली जनतालाई। नरसंहार गर्नुभयो, उहाँ नेपाली जनताका लागि अनकम्फरटेबल हो। अरुका लागि कम्फरटेबल भनेर क्लेम गर्न बन्न लाग्नु भयो उहाँ।’

प्रधानमन्त्री ओलीले आफूलाई प्रचण्डले प्रधानमन्त्री बनाएको भनाईप्रति तिखो प्रहार गर्दै भने, ‘सिद्धिएका प्रचण्डलाई मैले ५३ सिटमा पुर्‍यादिएको छु। धाक लगाउने ?’ प्रचण्डले जीवनमा कहिले पनि बहुमतको प्रधानमन्त्री बन्न नसकेको बरु आफ्नो सहयोगमा एकपटक प्रधानमन्त्री बनेको ओलीले दाबी गरे। भने, कहिले बन्नुभयो उहाँ बहुमतको प्रधानमन्त्रीरु एकचोटि तमासा गर्दा पनि हामीले साथ दिए।

ओलीले प्रचण्डले जनतालाई नरभक्षी आन्दोलन गर्ने धम्की दिएर तर्साउन खोजेकोसमेत आरोप समेत लगाए । उनले, ‘ननभेज भनेको चिकेन चिल्ली खान्छु भन्या होरु यो त नरभक्षी आन्दोलन गर्छु भनेको हो नि।’ प्रचण्ड-नेपालले विधि पद्दतिको कुरा गरे पनि उनीहरुको विधि पद्दति राजीनामा नदिए मुन्ट्याएर निकाल्ने भएको उनले आरोप लगाए। ‘प्रधानमन्त्री निकाल्ने विधि पद्दति के रहेछ गलहत्यार निकालिदिन्छु,’ उनले भने।

प्रधानमन्त्री ओलीले आफूले नैतिकताको आधारमा राजीनामा नदिने समेत बताए। अदालतले राजीनामा देउ नभनेको ओलीको भनाई थियो। ‘नैतिकता के भयो। मैले मेजोरोटी लुज गरेँरु के मा हरायो अदालतलेरु राजीनामा देउ भन्यो अदालतले’, उनले भने, ‘प्रतिनिधि सभा विघटन गरेको थिएँ। मलाई त अदालतले थुप्रो मुद्दा हराएको छ ।’

TOP