संघीय संसदका सांसदहरुलाई कोरोनाविरुद्धको खोप लगाउने तालिका सार्बजनिक

संघीय संसदका सांसदहरुलाई कोरोनाविरुद्धको खोप लगाउने तालिका सार्बजनिक

१७ फागुन,  काठमाडौँ । संघीय संसदका सांसदहरुलाई कोरोनाविरुद्धको खोप लगाइने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधि सभाको बैठक आव्हान गरेसँगै संसद सचिवालयले सांसद, संसदीय मामिला हेर्ने पत्रकार, संघीय संसदका कर्मचारीहरुको खोप लगाउने तालिका सार्बजनिक गरेको हो ।

सचिवालयका अनुसार फागुन १९ गते विहान १० बजेदेखि अपराहन्न ४ बजेसम्म सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्षसहित, दुवै सदनका सम्पूर्ण सासंदहरुलाई खोप लगाउने कार्यक्रम सार्बजनिक गरिएको छ ।

साथै संघीय संसद सचिवालयक सम्पूर्ण कर्मचारीहरुका लागि फागुन २० गते र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रका कमर्चारीहरुलाई फागुन २१ गते खोप लगाइने भएको छ ।

TOP