ओलीको निर्वाचन आयोगवाला सेटिंग पनि छिट्टै भत्किन्छ- प्रचण्ड

ओलीको निर्वाचन आयोगवाला सेटिंग पनि छिट्टै भत्किन्छ- प्रचण्ड

१७ फागुन,  काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीको निर्वाचन आयोगवाला सेटिंग पनि भत्किन लागेको बताएका छन् ।

पेसागत महासङ्घ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासङ्घबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै प्रचण्डले सर्वोच्चको फैसलापछि उल्टो केपी ओलीले जिते जस्तो व्यवहार देखाएको टिप्पणी गरे ।

प्रचण्डले ओली पक्षमा लागेका कार्यकर्तालाई आफ्नो पक्षमा लाग्न आग्रह गर्दै सर्वोच्चको सेटिंग भत्केपछि अब निर्वाचन आयोगको सेटिंग पनि भत्किने दाबि गरेका छन् ।

प्रचण्डले निर्वाचन आयोगले छिट्टै आफुहरुको पक्षमा निर्णय दिने बताउदै ओलीले देखाएको लोभ लालचमा नलाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

प्रचण्डले प्रचलित मान्यता अनुसार सर्वोच्चको फैसलापछि राजीनामा दिनुपर्नेमा अहिले आफुहरु झन् बलियो भएको प्रतिक्रिया दिएकोमा आफु अचम्ममा परेको बताए ।

उनले अब संसदको बैठकबाटै नयाँ प्रक्रिया शुरु हुने बताउदै छिट्टै नयाँ सरकार बन्ने दाबि गरे ।

TOP