
२१ फागुन, काठमाडौँ । एलन मस्कको स्पेस एक्सप्लोरेशन टेक्नोलोजी कोर्पोरेशन (स्पेसएक्स) को नयाँ र सबै भन्दा ठुलो रकेट आफ्नो तेश्रो फ्लाइटमा पहिलो पटक सफलतापूर्वक ल्यान्ड भएको छ । तर ल्यान्ड भएको केही समयमा नै विस्फोट भयो र यानमा आगो लाग्यो ।
स्पेस एक्सको स्पेसक्राफ्ट स्टारशिप एसएन १० लन्चको भिडियो पनि आफ्नो वेबसाइटमा जारी गरेको छ । वेबसाइटको अनुसार, रकेटले अवतरण गर्न ल्यान्ड प्याड छुनुभन्दा पहिला १० किलोमिटर सम्म उडान भरेको थियो ।
अवतरण गर्ने समयमा रकेटमा विस्फोट भयो र आगलागी भयो ।
आगो लाग्नुभन्दा पहिला रकेटले आफ्नो तेश्रो प्रयासमा पहिला सफल अवतरण गरेको थियो र यसलाई महत्वपुर्ण चरण पार गरेको बताइएको छ । रकेटको सफलतापूर्वक अवतरण अन्तरिक्ष यात्रामा (स्पेस ट्राभल) मा सबैभन्दा ठुलो सफलताको रूपमा हेरिन्छ ।
यस सफलताले स्पेसएक्सका सीईओ एलन मस्कको योजनातर्फ एक पाइला अगाडी बढाउने जस्तै भएको छ । जसमा उनले सन् २०२३ सम्म १२ जनालाई चन्द्रमा पठाउन चाहन्छन् ।
यस बाहेक उनको योजनामा नासाका अंतरिक्षयात्रीलाई चन्द्रमा पठाउने र त्यसपछि मंगलग्रह पठाउने रहेको छ ।
अहिले कम्पनीले आफ्नो पहिलो कक्षीय उडानको लागि स्टारशिप तयार गर्ने काम गरिरहेको छ जसलाई यस वर्षको अन्तिमसम्ममा पुरा गरिने बताइएको छ ।
यस भन्दा पहिला मंगलबार एलन मस्कले एक भिडियोमा सन् २०२३ भन्दा पहिला थुप्रै पटक स्टारशिपबाट अर्बिट सम्म पुग्ने र सन् २०२३ सम्म मानिसलाई त्यहाँ पुग्न सुरक्षित हुने बताएका थिए ।
30th Apr 2020 , 12:40 pm
13th Apr 2021 , 1:39 am
12th Apr 2021 , 5:02 pm
12th Apr 2021 , 4:49 pm
9th Apr 2021 , 7:57 am
30th Apr 2020 , 12:40 pm
12th Apr 2021 , 4:49 pm
13th Apr 2021 , 1:39 am
12th Apr 2021 , 5:02 pm