
२१ फागुन, काठमाडौँ । बलिवुडका चर्चित निर्माता निर्देशक अनुराग कश्यप र अभिनेत्री तापसी पन्नुको घरमा सरकारी एजेन्सीहरुले छापा मारेको विषय अहिले चर्चामा रहेको छ ।
बुधबार र विहिबार गरिएको छापामारीमा एजेन्सीहरुले कर छलेको प्रशस्त प्रमाण भेटाएको दाबी गरेका छन् । भारतीय मिडियाहरुका अनुसार निर्देशक निर्माता अनुरागले आफ्नो फिल्म निर्माण कम्पनिको लगानी र सेयरमा हेराफेरी गरेको पाइएको बताएका छन् । एजेन्सीहरुले निर्देशक अनुरागका इलेक्ट्रोनिक समानहरु ल्यापटप, मोबाइल, कम्प्युटर बरामद गरेको बताइएको छ । निर्देशक अनुरागले करिब ३५० करोडको लेनदेनको विषयमा प्रमाण दिन नसकेको बताइएको छ ।
त्यस्तै अभिनेत्री तापसी पन्नुले पनि करोडौ रुपैया नगद लिएको प्रमाण भेटिएको एजेन्सीहरुले बताएका छन् । तापसीले बुझेको ५ करोडको रसिद भेटिएको बताइएको छ ।
साथै फिल्ममा दिल गर्दा कम रकममा दिल गरेर कर छली गरेको समेत भेटिएको बताइएको छ ।
खासगरी आयकर विभागको निशानामा निर्देशक अनुरागलाई बनाइएको बताइएको छ । उनले हालै मुम्बईमा किनेको करिब १४ करोडको घरको स्रोत खोज्न छापा मारिएको बताइएको छ ।
बुधबारदेखि शुरु भएको छापामा निर्देशक अनुराग र अभिनेत्री तापसी बाहेक कैयौं फिल्म निर्माता कम्पनिहरुको कार्यालयमा पनि मारिएको छ । जसमा रिलायन्स इन्टरटेनमेन्ट ग्रुप, एक्सिड कम्पनि, क्वान जस्ता कम्पनिका कार्यालयहरुमा छापा मारिएको बताइएको छ ।
निर्देशक अनुराग पछिल्ला बर्षहरुमा मोदी सरकारको सार्बजनिक रुपमै विरोध गरिरहेका कारण प्रतिशोध लिन केन्द्रीय एजेन्सीले छापा मारेको विश्लेषण पनि गरिएको छ । खासगरी अभिनेत्री कंगना रनावतसँग बलिवु का कैयौं सेलिब्रेटीको असमझदारी बढिरहेका कारण पनि रनावतकै इशारामा यस्ता छापामारी भइरहेको टिप्पणी पनि गरिएको छ ।
30th Apr 2020 , 12:40 pm
13th Apr 2021 , 1:39 am
12th Apr 2021 , 5:02 pm
12th Apr 2021 , 4:49 pm
9th Apr 2021 , 7:57 am
30th Apr 2020 , 12:40 pm
12th Apr 2021 , 4:49 pm
13th Apr 2021 , 1:39 am
12th Apr 2021 , 5:02 pm