चर्चित गायिका श्रेया घोषाल आमा बन्दै

चर्चित गायिका श्रेया घोषाल आमा बन्दै

२१ फागुन,  काठमाडौं। चर्चित बलिउड गायिका श्रेया घोषाल आमा बन्दैछिन्। विवाह गरेको ६ वर्षपछि उनी आमा बन्न लागेकी हुन्। उनले सामाजिक सञ्जालमार्फत आफू आमा बन्न लागेको जानकारी दिएकी हुन्।

श्रेयाले इन्स्टाग्राम र ट्विटरमा गर्भवति भएको फोटो सेयर गर्दै लेखेकी छन्, ‘बेबी श्रेया दित्या आउँदैछन्। शिलादित्य र म यो खबर सार्वजनिक गर्न पाउँदा निकै खुशी छौं। हाम्रो जीवनको यो नयाँ यात्रामा तपाईंको माया र आशीर्वादको खाँचो छ।’

श्रेयाको पोस्टमा सेलिब्रेटी र उनका शुभचिन्तकहरूले बधाई तथा शुभकामना व्यक्त गरेका छन्। सन् २०१५ फेब्रअरी ५ मा श्रेया र शिलादित्य मुखोपाध्यायले विवाह गरेका थिए।

TOP