अब नेपाली आकासमा पनि ‘फोर जि’ इन्टरनेट चलाउन सकिने

अब नेपाली आकासमा पनि ‘फोर जि’ इन्टरनेट चलाउन सकिने

२१ फागुन,  काटमाठौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपाली आकाशमा पनि ‘फोर जि’ इन्टरनेट चलाउन पाइने व्यवस्था मिलाउने भएको छ ।

जसका लागि प्राधिकरणले अनुमतिपत्र खुलाउने तयारी गरिरहेको बताएको छ ।

२३ औं बार्षिक उत्सवमा बोल्दै प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले नेपाली आकाशमा ‘फोर जि’ इन्टरनेट चलाउन पाइने बिषयको बारेमा अध्ययन भइरहेको बताए ।

‘आईकाओको नीति अनुसार अनुमतिपत्र खुलाउने प्रक्रिया अगाडि बढाइरहेका छौं,’ खनालले भने, ‘त्यो सँगै १० हजार फिट माथि आकासमा विदेशी प्लेनमा ‘फोर जि’ इन्टरनेट चलाउन सकिने छ ।

यस अघि नेपाली आकाशमा इन्टरनेट चलाउन पाइने व्यवस्था र प्रविधि थिएन । अब भने अनुमति पत्र खुलाएरै सेवा दिने तयारी थालिएको हो ।

TOP