गृहमन्त्री थापाले लगाए कोरोनाविरुद्धको खोप

गृहमन्त्री थापाले लगाए कोरोनाविरुद्धको खोप

२३ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

थापाले आइतबार बिहान सशस्त्र प्रहरी अस्पताल बलम्बु पुगेर खोप लगाएको प्रेस सल्लाहकार किरण भट्टराईले जनाकारी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आजै खोप लगाएका छन् । उनले आज बिहान महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर खोप लगाएका हुन् । कोरोनाविरुद्धको दोस्रो चरणको खोप अभियान आजदेखि शुरु भएसँगै ६५ वर्ष उमेर पुगेका नागरिकहरुलाई देशभर खोप लगाइदै छ ।

TOP