थप ६६ जनामा कोरोना पुष्टि, २४ घण्टामा ५८ जना संक्रमण मुक्त

थप ६६ जनामा कोरोना पुष्टि, २४ घण्टामा ५८ जना संक्रमण मुक्त

२३ फागुन,  काठमाडौं । नेपालमा थप ६६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ६६ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७४ हजार ७२१ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८२५ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५८ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७० हजार ८८६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार १११ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ९२ हजार ८३६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५३ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ८२५ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१० पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

TOP