
२५ फागुन, काठमाडौं । नेपालमा थप ५९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ५९ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल २ लाख ७४ हजार ८६९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८७० रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ६० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७० हजार ९८७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८.६ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा २ हजार ७१५ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ९९ हजार ९५० पुगेको छ ।
त्यस्तै क्वारेन्टाइनमा ५६ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ८७० जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०१२ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १.०१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।
30th Apr 2020 , 12:40 pm
13th Apr 2021 , 1:39 am
12th Apr 2021 , 5:02 pm
12th Apr 2021 , 4:49 pm
9th Apr 2021 , 7:57 am
30th Apr 2020 , 12:40 pm
12th Apr 2021 , 4:49 pm
13th Apr 2021 , 1:39 am
12th Apr 2021 , 5:02 pm