रणवीर कपूर र संजयलीला भंसालीलाई कोरोना संक्रमण

रणवीर कपूर र संजयलीला भंसालीलाई कोरोना संक्रमण

२६ फागुन,  काठमाडौँ । बलिवुडका चर्चित अभिनेता रणवीर कपूर र प्रसिद्ध निर्माता निर्दशक संजयलीला भन्सालीलाई कोरोना संक्रमण भएको छ ।

मंगलबार दुवैलाई कोरोना संक्रमण भएपछि दुवैका फिल्म गंगुबाइ र ब्रम्हास्त्रको शुटिंग रोकिएको छ ।

आमा नितु सिंहले छोरा रणवीर कपूरलाई कोरोना संक्रमण भएको जानकारी दिएकी हुन् । नितुले भनेकी छन्, तपाइँ सबैको चिन्ता र शुभकामनाका लागि धन्यवाद छ, रणवीरलाई कोरोना पोजेटिभ देखिएको छ र उनी डाक्टरको सल्लाहमा औषधि लिइरहेका छन्, उनको स्वास्थ्यमा सुधार भइरहेको छ ।’

यसअघि नितु सिंह पनि कोरोना संक्रमित भएकी थिइन् ।

त्यस्तै निर्देशक भंसालीलाई पनि कोरोना पोजेटिभ भएपछि गंगुबाइ फिल्मको शुटिंग युनिट क्वारेन्टाइन भएको छ । पुरै युनिटको फेरी टेस्ट गरिएको छ भने अभिनेत्री आलिया भट्टपनि क्वारेन्टाइन भएको बताइएको छ ।

TOP