नेप्सेमा तीन दसमलव चार अंकको गिरावट

नेप्सेमा तीन दसमलव चार अंकको गिरावट

२६ फागुन,  काठमाडौं । अघिल्लो दिन उच्च अंकले घटेको नेप्से साताको चौथो कारोवार दिन आज बुधबार भने सामान्य अंकले घटेको छ ।

आज नेप्से तीन दसमलव चार अंकले घटेर २४ सय ५८ दसमलव ४८ बिन्दुमा झर्दा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव शुन्य दुई अंकले बढेर चार सय ४५ दसमलव २३ बिन्दुमा चढेको छ ।

आज दुई सय पाँच वटा कम्पनीहरुको ४६ हजार नौ सय ४८ पटकको कारोवारमा ७८ लाख १६ हजार आठ सय ७४ कित्ता सेयर खरिद बिक्री भएकाछन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कुल कारोवार रकम चार अर्ब १० करोड चार लाख छ हजार तीन सय ३७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहको कारोवार हुंदा छ वटा समुहले गुमाएकाछन भने सात वटा समुहको कमाएकाछन् । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक १० दसमलव नौ अंकले घटेर १७ सय ६३ दसमलव पाँच बिन्दुमा झर्दा बिकास बैंक, निर्जिवन बीमा, जीवन बीमा, लघुबित्त र सामुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन् ।

ट्रेडिङ समुहको सुचक भने आज दुई सय ९६ दसमलव ९७ अंकले बढेर तीन हजार नौ सय ३९ दसमलव ५९ बिन्दुमा चढेकोमा होटल तथा पर्यटन, जलबिद्युत, फाईनान्स, उत्पादनमुलक, अन्य र लगानी समुहको सुचकहरु पनि बढेकाछन् ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको चन्द्रागिरी हिल्स लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौ दसमलव ९९ प्रतिसतले बढेर आठ सय चार रुपैयाँमा कारोवार भएको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको रैराङ हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार दसमलव ६० प्रतिसतले घटेर तीन सय ३२ रुपैयाँमा कारोवार भएको छ ।

यसैगरी बढी रकम कारोवारका आधारमा पहिलो स्थानमा परेको नेपाल टेलिकमको प्रतिकित्ता १२ सय ९५ रुपैयाँ अन्तिम मुल्यमा ५५ करोड ७० लाख ८३ हजार आठ सय ८७ रुपैयाँको कारोवार भएको छ ।

TOP