लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

२७ फागुन,  काठमाडौँ । लिभरपुल युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ ।

गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा लिभरपुलले जर्मनी क्लब आरबि लेइपजिंगलाई २-० ले पराजित गर्दै समग्रमा ४-० को जितसहित च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

लिभरपुलको जितमा मोहमद सलाह र साडियो मानेले एक एक गो गरेका थिए । यसअघि पहिलो लिगमा पनि लिभरपुल २-० ले विजयी भएको थियो ।

योजितपछि लिभरपुल च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको छ भने आरबी लेइपजिंग अन्तिम १६ बाटै बाहिरिएको छ । लिभरपुलसँगै अहिलेसम्म पोर्टो, पिएसजी र डोर्टमण्ड क्वाटरफाइनलमा पुगिसकेका छन् ।

TOP