बार्सिलोनालाई पराजित गर्दै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

बार्सिलोनालाई पराजित गर्दै पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

२७ फागुन,  काठमाडौँ । बार्सिलोना युइएफए च्याम्पियन्स लिगबाट बाहिरिएको छ ।

गएराती सम्पन्न अन्तिम १६ को दोस्रो लिगमा फ्रेन्च क्लब पिएसजीसँग १-१ गोलको बराबरीमा रोकिएसँगै समग्रमा ५-२ गोल अन्तरले पराजित हुदै बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिएको हो ।

पहिलो लिगमा पिएसजीले बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गरेको थियो ।

यस खेलमा पिएसजीका लागि किलियन एम्बाप्पेले पेनाल्टीमार्फत गोल गरेका थिए भने बार्सिलोनाका लागि लियोनेल मेसीले एक गोल गरेका थिए । मेसीले डी-बक्स बाहिरबाट हान्दै सुन्दर गोल गरेका थिए ।

साथै मेसीले पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी मिस गरेका थिए ।

योसँगै च्याम्पियन्स लिगमा क्रिस्टियानो रोनाल्डो र मेसीको अन्तिम १६ बाटै बहिर्गमन भएको छ । ठुला क्लब युभेन्टस र बार्सिलोनाले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्न असफल भएका छन् ।

अब यो जितपछि पिएसजी क्वाटरफाइनलमा प्रवेश गरेको छ । यसअघि पोर्टो, युभेन्टस र लिभरपुल क्वाटरफाइनलमा पुगिसकेका छन् ।

TOP