गुगलद्वारा युट्युबर्सको आम्दानीमा कर लगाउने घोषणा !

गुगलद्वारा युट्युबर्सको आम्दानीमा कर लगाउने घोषणा !

२७ फागुन,  काठमाडौँ । गुगलले युट्युबबाट हुने कमाईमा कर लगाउने घोषणा गरेको छ । आगामी जुन महिनादेखि विश्वभरका युट्युबर्सका लागि इमेल पठाएर यस्तो जानकारी दिएको हो ।

युट्युबले अमेरिकी दर्शकबाट हुने कमाईमा कर लगाउने घोषणा गरेको हो । उसले अमेरिकी दर्शकबाट युट्युबर्सले कमाउने रकममा २४ देखि ३० प्रतिशतसम्म कर लगाउने बताएको छ ।

साथै युट्युबले यस बर्षको मे ३१ सम्म आफ्नो कर सम्बन्धि जानकारी पठाउन भनेको छ । यदि युट्युबर्सले आफ्नो करसम्बन्धि जानकारी पेश नगरेमा युट्युबबाट हुने कमाईको २४ प्रतिशत हरेक महिना काट्ने जनाएको छ ।

त्यस्तै अमेरिका भन्दा बाहिरका युट्युब क्रीयटर्सहरुलाई करसम्बन्धि सूचना दिएमा भने अमेरिकी दर्शकबाट हुने आयमा मात्र ३० प्रतिशत कर लाग्ने जनाएको छ ।

इमेलमा उदाहरण समेत दिएर सम्झाइएको छ । जस्तो यदि तपाइँले युट्युबबाट हरेक महिना एक हजार डलर कमाई गर्नुहुन्छ भने तपाइँले कर विवरण पेश गरेमा एक हजार डलर कमाई मध्ये अमेरिकाका दर्शकबाट यदि सय डलर कमाई भएको छ भने सय डलरको ३० प्रतिशत कर कट्टा हुने छ ।

यसमा अमेरिकाभन्दा बाहिरका दर्शकबाट भएको आम्दानीमा भने कुनै कर नलाग्ने बताइएको छ ।

TOP