चार कक्षामा पढ्दा बेचिएका बालक युवा बनेर स्वदेश फर्किए तर आमाबाबा भेट्न् पाएनन्

चार कक्षामा पढ्दा बेचिएका बालक युवा बनेर स्वदेश फर्किए तर आमाबाबा भेट्न् पाएनन्

चार कक्षामा पढ्दा बेचिएका बालक यूवा बनेर स्वदेश फर्किए तर आमाबुवा भेटाएनन्
सुर्खेत । चारकक्षामा पढ्ने बेलामा बेचिएका बालक यूवा भएपछि स्वदेश फकिएका छन् । कृष्ण कार्की नाम बताउने १९ वर्षीय यूवक अहिले सुर्खेतको वीरेन्द्रनगरस्थित लाटीकोइलीमा बसिरहेका छन् । कक्षा चारमा शिव माध्यामिक विद्यालय लाटीकोइलीमा पढ्ने कृष्णलाई उनका दाई (कान्छा बुवा धनवीर कार्कीको छोरा) प्रकाश कार्कीले भारतको दिल्लीमा बेचेको प्रकाश बताउछन् ।
हाल लाटीकोइलीस्थित खगेन्द्र कार्कीका घरमा बसीरहेका कृष्ण अहिले बेवारिसे जस्तै बनेका छन् । उनका बुवा–आमा पत्ता नलाग्दा उनी बेवारिसे बनेका हुन् ।
प्रहरी र स्थानीयले उनका बाबु–आमा पत्ता लगाउन प्रयास गरेपनि हालसम्म भेटिएका छैनन् ।
कृष्णले बाजेको नाम गोपाल कार्की, बाबु गणेश कार्की, आमा धौली कार्की भएको बताउँदै आएका छन् । यस्तै उनका परिवारमा भाई किशोर कार्की र बहिनी कल्पना कार्की पनि भएको बताएका छन् ।
उनले आफ्नो परिचय दिने क्रममा मामाहरु केशव विष्ट, लामसिंह विष्ट भएको र एउटा मामा नेपाल आर्मी भएको बताएका छन् । उनले आफ्नो मामाघर दैलेखको पश्चिम क्षेत्रमा भएको बताउछन् । ‘मामाको घर जानेबेला दैलेखको ठाँटीकाँध उता खोला तरेर उकालो जाँदा मन्दिर आउँछ’ कृष्णले भने, ‘मन्दिरको नजिकै मामाको पत्थरले छापेको घर छ ।’
चार कक्षामा पढ्दा दाइले आफूलाई बेचेको कृष्णले बताएका छन् । ‘चार कक्षामा पढ्ने बेला दाइले फकाएर भारतको दिल्ली लिएर सरदारको घरमा राखिदिए । मलाई चेलो भनेर राखेको थियो ।’ कृष्णले भने, ‘त्यो घरमा बस्दा घरमालिकलाई रातभर सपनामा सर्प देखिने, हिड्दा हिड्दै तर्सिने जस्ता अनेकन क्रियाकलाप हुन थालेछ । मलाई पनि देवता आयो । कामेँर म कालिका हुँ भनेपछि मालिक डराएर बालगृहलाई खबर ग¥यो ।’
घरमालिकको खबर गरेपछि भारतीय ‘सिडब्लु’ले प्रकाशलाई त्यहाँस्थित बालगृहमा राखेको उनी बताउछन् । ‘सिडब्लु’ले कृष्णका बारेमा बुझ्न खोज्दा घरमालिकले उनका लागि दाई प्रकाशलाई पाँच लाख भारतीय रुपैयाँ दिएको जानकारी दिएपछि आफू बेचिएको थाहा पाएको बताए । उनका अनुसार प्रकाश ती सरदारको एक कम्पनीको सुरक्षा गार्ड थिए ।
भारतको अनाथ आश्रममा रहेका कृष्ण नेपाल र भारतीय दुतावासको सहयोगमा काठमाडौं आउन सफल भएको बताए । उनलाई केही समय काठमाडौं चाहबीलस्थित बालसुधार गृहमा राखिएको थियो ।
‘म जहिलेपनि कापी कलम पाउने वित्तिकै आफ्नो नाम र ठेगाना लेख्ने गर्थे । नाम कृष्ण कार्की, ठेगाना सुर्खेत ८ लाटीकोइली, पहाड घर दैलेख ।’ उनले भने, ‘अनाथ आश्रमका मान्छेलाई घर ठेगाना बताएपछि मलाई अड्डासार गरी महेन्द्रनगरहुँदै सुर्खेत ल्याइएको हो ।

TOP