
कठमाडौं, ९ चैत्र । नेकपा एमालेका चार जना नेताले नेतृत्वसँग हिम्मत भए कारवाही गर्न चुनौती दिएका छन् ।
पार्टी हितविपरित कार्य गरेको भन्दै स्पष्टिकरण सोधिएका नेकपा एमालेका पाँचजना नेताले जवाफ नदिने भएका छन् । उनीहरुले बरु कारबाही भोग्ने स्पष्टिकरण नदिने अडान लिएका हुन् ।
स्पष्टिकरण सोधिएकामध्ये प्रभावशाली नेता भीम रावलले कारबाही भोग्न तयार भएको बताएका छन् । उनले ऋषि धमलासँग एनआरएन रेडियोमा भने,‘कारबाही भोग्न तयार छु तर प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमसामु झुक्दिनँ ।’
स्पष्टिकरण सोधिएका अर्का नेता घनश्याम भुसालले स्पष्टिकरण सोधिएपछि पनि ओलीलाई गिरोहको सरदार भनेका छन् । ओली योभन्दा पनि अगाडि बढ्ने र कम्युनिस्ट पार्टी मात्र नभई राजनीतिक प्रणाली नै ध्वस्त गर्न लागेको आरोप लगाए ।
यसअघि नेकपा एमाले केन्द्रीय कमिटी बैठकले नेताहरु माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथि स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो । उनीहरुमाथि पार्टी हितविपरित कार्य गरेको आरोप छ ।
30th Apr 2020 , 12:40 pm
13th Apr 2021 , 1:39 am
12th Apr 2021 , 5:02 pm
12th Apr 2021 , 4:49 pm
9th Apr 2021 , 7:57 am
30th Apr 2020 , 12:40 pm
12th Apr 2021 , 4:49 pm
13th Apr 2021 , 1:39 am
12th Apr 2021 , 5:02 pm