महाधिवेशनबारे छलफल गर्न काँग्रेसद्वारा के‍.स. बैठक आह्वान

महाधिवेशनबारे छलफल गर्न काँग्रेसद्वारा के‍.स. बैठक आह्वान

काठमाडौं, ११ चैत्र । नेपाली कांग्रेसले केन्द्रीय कमिटी बैठक बोलाएको छ । पार्टीको आगामी १४औं महाधिवेशनको कार्यतालिका प्रभावित भएपछि केन्द्रीइ कार्यसमितिको बैठक बोलाईएको एक नेताले जनाए ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार केन्द्रीय कमिटी बैठक यही चैत्र २० गते सानेपामा बस्ने भएको छ । बैठकमा महाधिवेशनको बारेमा छलफल हुने जनाईएको छ । कांग्रेसले भदौ ७–१० गते महाधिवेशन गर्ने गरी कार्यतालिका बनाएको छ ।

TOP