पूर्व सांसद शाहले वृक्षारोपण गरेर मनाए जन्मदिन (भिडियोसहित)

पूर्व सांसद शाहले वृक्षारोपण गरेर मनाए जन्मदिन (भिडियोसहित)

काठमाडौं, बैशाख ८ । राजनीतिभन्दा पनि समाजसेवामा बढी रूची राख्ने पूर्व सांसद राजीववित्रम शाह जाजरकोटका जनताको मनमा छाएका व्यक्ति हुन् । सामाजिक कर्मले नै  समाजमा परिचित बनाउँछ भन्ने उक्तिलाई चरितार्थ गरेको पूर्व सांसद शाहले बुधबार वृक्षारोपण गरेर आफ्नो जन्मदिन मनाएका छन् ।

पूर्वसांसद शाहले काठमाडौंस्थित आफ्नो निवास थापाथलीमा वृक्षारोपण गरेर जन्मदिन मनाए । रामनवमीमा पर्न गएको जन्मतिथिको अवसरमा उनले बुधबार जन्मदिन मनाएका हुन् । वातावरणीय विनाशको प्रभावका कारण विश्व समूदाय नै त्यसबाट बच्नका लागि नयाँ–नयाँ प्रयोग गरीरहेको छ । वृक्षारोपणले वातावरणीय सुधारमा ठूलो योगदान पुग्ने भएकाले उनले आफ्नो जन्मदिनमा वृक्षारोपण गरेर मनाएको प्रतिकृया दिए । रुखले अक्सिजन मात्रै होइन वातावरण नै हराबरा बनाउने र मानव जिवनको लागी चाहिने स्वस्च्छ हावा, अक्सिजन पाउने उनले बताए । ‘हरियो वन नेपालको धन’ भन्ने नारा नै रहेको परिपेक्षमा नेपाली कांग्रेसले समेत रुखलाइ आफ्नो चुनाव चिन्ह र पहिचान बनाएको छ ।

पछिल्लो समय नेपालका विभिन्न ठाउँहरुमा रहेको वनजंगल मास्ने काम भैइरहेको भन्दै त्यसले प्राकृतिक बिपत्ति निम्त्याउने तर्फ औल्याउँदै उनले वनजंगलको संरक्षणमा जुट्नुपर्ने बताए । आफ्नो जन्मदिनमा नयाँ मौलिक र सन्देशमुलक तरिकाले जन्मदिन मनाउन पाउँदा निकै खुसी लागेको र अरुलाइ समेत आफ्नो जन्मदिनमा वृक्षारोपण गरेर मनाउन उनले आग्रह गरे । आफू जन्मेको दिनमा वृक्षारोपण गरेर जन्मदिन मनाउने संस्कार उत्कृष्ट भएको बताउँदै विरुवाले प्रकृति हराभरा बनाउने, वातावरण स्वच्छता राख्ने र फलफूल जडिबुटी प्राप्त हुने हुनाले सम्पूर्ण नेपालीहरुले आफू जन्मेको दिनमा एउटामात्र विरुवा रोपेर हुर्काउने हो भने मुलुकमा करोडौं विरुवा एकै वर्षमा हुर्कन सक्छ ।

पछिल्लो समय राजनीति भन्दा पनि सामाजिक काममा अगाडी रहेका पूर्व सांसद शाहले जाजरकोटका जनताको सेवामा आफूलाई समर्पण गरेका छन् । २०७० सालको निर्वाचनमा नेपाली कांग्रेस जाजरकोट क्षेत्र नम्बर २ बाट सांसद बनेका उनको जाजरकोटको विकासमा महत्वपुर्ण भुमिका रहेको छ । उनी २०७४को निर्वाचनमा शक्ति वस्नेतसँग हार व्यहोर्न पुगे । तर, उनी अहिले पनि जाजरकोटका जनताको सेवामा तल्लीन छन् ।

Loading
TOP