जिल्ला प्रशासन कार्यालय काठमाडौँको थप आदेश

जिल्ला प्रशासन कार्यालय काठमाडौँको थप आदेश

काठमाडौँ, बैशाख १५ । जिल्ला प्रशासनका कार्यालय काठमाडौँले वैशाख १६ गतेदेखि लागु हुने गरी थप आदेश जारी गरेको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबार जारी गरिएको निषेधाज्ञामा थप आदेश रारी गरेका हुन् ।

थप गरिएको आदेशमा बैंक तथा वित्तीय संस्था, बिमा एवम् राष्ट्र बैंकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने सहकारी संस्थाका कर्मचारीहरूले प्रयोग गर्ने निजी नम्बर प्लेटका सवारी साधनहरु सम्बन्धित कार्यालयको परिचयपत्रका आधारमा आवातजावत गर्न दिने लगायतका बुँदाहरु समेटिएका छन् ।

यस्तै, विवाह तथा व्रतबन्ध आयोजनाका लागि १५ जनासम्मका सहाभाी (दुलाहा दुलहीसहितका) हरूले ब्यानरसहितका दुईओटा सम्म सवारी साधन प्रयोग गरी जिल्लाभित्र वा अन्तरजिल्लामा आवतजावत गर्दा अनुमति पास आवश्यक नपर्ने जनाइएको छ । तर, उक्त कार्यका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनुमति पास लिनुपर्ने भनिएको छ ।

यसैगरी मृत्यु संस्कार र बिरामी कुरुवाको रूपमा अनिवार्य सहभागी हुनुपर्ने व्यक्तिले अन्य जिल्लामा जानुपर्दा सम्बन्धित व्यक्ति उक्त व्यहोरा खुल्ने कागजात, निवेदन, अस्पतालको कागजात वा स्थानीय तहको सिफारिससहित जिल्ला प्रशासन कार्यालयमा निवदेन दिनुपर्ने उल्लेख छ ।

काेराेनाकाे जाेखिम बढेपछि जिल्ला प्रशासन काठमाडौँले वैशाख १६ गतेदेखि २२ गतेसम्म  निषेधाज्ञा जारी गरेकाे छ ।

Loading
TOP