समाजसेवी सर्मिलाको एक लाख सहयोगमा निःशुल्क व्यूटीपार्लर तालिम

समाजसेवी सर्मिलाको एक लाख सहयोगमा निःशुल्क व्यूटीपार्लर तालिम

काठमाडौं, बैशाख १५ । स्वारोजगारमूलक सीपको विकासका लागि एक समाजसेवी महिलाले निःशुल्क व्यवटीपार्लरको तालिम दिलाएकी छिन् । गत शनिबारबाट शुरु भएको तालिम तीन महिनासम्म सञ्चालन हुने छ

। धिमाल जातिय बिकाश केन्द्र महिला  तथा बालबालिका बिभागद्वारा आयोजना गरिएको तालिममा आफ्नो छोराको जन्मदिनको अवसर पारेर कोहिनुर ब्युटि पार्लरकी प्रोपाईटर सर्मिला धिमालले तालिम शुरु गरेकी हुन् । उनले तालिमका लागि व्यक्तिगत रुपमा एक लाख सहयोग गरेकी छिन् ।

स्वरोजगार भएको अवस्थामा आफूले नै केही गरेर पेट पाल्न सक्ने वातावरण बन्ने भएकाले उनले महिलाहरुले तालिमबाट ठूलो फाइदा लिन सक्ने बताईन । शनिबार छोरा गौरबको जन्मदिन पारेर शुरु गरिएको तालिम आगामी साउन १० गते सम्पन्न हुनेछ ।

तालिमपछि सहभागिहरु स्वरोजगार भई आ–नो व्यवसाय सञ्चालन गर्न सक्षम हुने धिमाल बताउँछिन् । धिमाल विदेशमा रहँदा पनि नेपालीहरुको सहयोगमा सधैँ सकृय रहने महिला हुन् । उनले कतारमा बसेर नेपालका बिरामी हरुलाइ पैसा उठाउने र बिरामीको खातामा पनि हाल्दिने गर्दै आएकी छन ।

मोरङ, कानेपोखरी गाउँपालिका वार्ड नम्बर छ  कारीकोशी  साथीलाल  टोलको कोहिनुर ब्युटिपार्लर ट्रेनिङ सेन्टरमा महिलाहरुलाई स्वरोजगारलाई प्राथमिकतामा राखेर धिमाल जातिय बिकास केन्द्र महिला तथा बालबालिका संगठन बिभाग प्रमुख पम्फा धिमालबाट तालिम दिएको छ ।

शर्मिला धिमालले एक लाख ब्यक्तिगत पैसा दिएको र अफ्नो निजि लागनीमा तालिम दिने ब्यबस्थापन मिलाएकी हुन् । तालिमबाट स्थानीय महिलाहरुमा रोजगारीको अवस्था सिर्जना गर्ने उनको योजना छ ।

आफू वैदेशिक रोजगारीको लागि कतार गएकी शर्मिलाले आफ्नो मुलुकमा नै गर्नसक्ने सम्भावना भएकाले त्यसतर्फ महिलाहरुलाई आकर्षण गराउनका लागि तालिम सञ्चालन गरिरहेकी छिन् । सीपमूलक तालिमपछि स्थानीय महिलाहरुले स्थानीय स्तरमा नै आफ्नो सीपको काम गर्न सक्ने उनको विश्वास छ ।

Loading
TOP