पृथ्वीको उत्कृष्ट पारीमा दिल्लीको जित

पृथ्वीको उत्कृष्ट पारीमा दिल्लीको जित

काठमाडौं, बैशाख १७ । पृथ्वी श्वको उत्कृट पारीमा दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा जित हात पारेको छ । बिहीबार भएको खेलमा दिल्लीले कोलकाता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियमा कोलकाताले दिएको १५५ रनको लक्ष्य पछ्याको दिल्लीले १६ ओभर ३ बलमा ३ विकेट गुमाउँदै १५६ रन बनायो ।

दिल्लीका लागि पृथ्वी श्वले ८२ रनको अर्धशतकीय पारी खेले । ४१ बल खेलेका उनले ११ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै शिखर धावनले ४६ रन बनाउँदा रिषव पन्तले १६ रनको योगदान गरे । बलिङतर्फ कोलकाताका लागि प्याट कमिन्सले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५४ रन बनायो । कोलकाताका लागि शभम गिलले ४३ रन बनाए । त्यस्ते आन्द्रे रशलले ४५ रन बनाउँदा राहुल तिमाठीले १९ रनको योगदान गरे ।

कोलकाताका लागि नितिर रानाले १५ रन बनाउँदा दिनेश कार्तीकले १४ रनको जोडे ।

बलिङतर्फ दिल्लीका लागि अक्षर पटेल र ललित यादवले समान २–२ विकेट लिए । त्यस्तै आभार खान र मार्कुस स्टोइनिसले समान एक–एक विकेट लिए ।

बिहीबारको खेलमा जित निकाल्दै दिल्लीले लिगमा ७ खेलबाट १० अंक जोडेको छ । दिल्ली लिगको दोस्रो स्थानमा छ । पराजित कोलकाता ४ अंकका साथ तालिकाको पाँचौं स्थानमा छ ।

Loading
TOP