नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने

नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं, बैशाख १७ । नेपाली राष्ट्रिय फुटबल टोलीले इराकसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यसै साता इराकले नेपाललाई मैत्रीपूर्ण खेल खेल्नका लागि प्रस्ताव गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार नेपालले जेठमा इराकसँग मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ । इराकको बास्रा अन्तराष्ट्रिय रंगशालामा हुने मैत्रीपूर्ण खेल अ‍ागामी जेठ १५ (मे २९) मा हुनेछ ।

विश्वकप छनोट खेलको तयारी गरि रहेको नेपालले इराकसँग खेल्न लागेको हो । नेपाली फुटबल टोलीले पछिल्लो सयम उत्कृष्ट प्रदर्शन गर्दै आइरहेको छ।

नेपालले हालसम्म इराकसँग ३ पटक खेलिसकेको छ । फिफा वरीयतामा इराक ६८ स्थानमा रहेको छ भने नेपाल १७१ औं स्थानमा रहेको छ ।

प्रशिक्षक अब्दुल्लाहले बन्द प्रशिक्षणका लागि ३२ खेलाडीलाई बोलाएका छन् । नेपाली टिमले आगामी मे १७ बाट प्रशिक्षण थाल्ने छन् ।

बन्द प्रशिक्षणमा परेका खेलाडी :

गोलकिपर – किरण कुमार लिम्बु, विकेश कुथु, दीप कार्की, विशाल सुनार

डिफेन्डर – रंजित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, छिरिङ गुरुङ, गौतम श्रेष्ठ, विकास खवास

मिडफिल्डर – त्रिदेब गुरुङ, मनिस डाँगी, तेज तामाङ, एरिक विष्ट, संजोक राई, विशाल राई, सुनिल बल, रवीशंकर पासवान, सेसेहाङ आङदेम्बे, सन्तोष तामाङ, विवेक बस्नेत, प्रकाश बुढाथोकी, स्यान्सु भुसाल, अन्जन विष्ट, सुमन लामा

फरवार्ड – दर्शन गुरुङ, भरत खवास, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

Loading
TOP