अस्पतालबाट डिस्चार्ज भएपछि मदनकृष्णको सन्देश : शरीर फलामजस्तो लाग्थ्यो हावा पो रहेछ, बिन्ती छ सबैको भलाइ सोचौँ

अस्पतालबाट डिस्चार्ज भएपछि मदनकृष्णको सन्देश : शरीर फलामजस्तो लाग्थ्यो हावा पो रहेछ, बिन्ती छ सबैको भलाइ सोचौँ

काठमाडौँ, बैशाख १८ । कोरोना संक्रमण भएपछि अस्पताल भर्ना भएका कलाकार मदनकृष्ण श्रेष्ठ आठ दिनपछि डिस्चार्ज भएका छन् । शुक्रबार राति करिब १० बजेतिर सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो राखेर श्रेष्ठले आफू आठ दिनपछि मेडिसिटी अस्पतालबाट डिस्चार्ज भएको बताएका हुन् ।

“आज आठ दिनपछि मेडिसिटी अस्पतालबाट उपचारपछि डिस्चार्ज भएर आएको छु । खुसी लागिरहेको छ । तर, यो दुखको घडी हो । यो संसारको प्रलय हो । यो बेला सबैलाई माया गरौँ,” उनले भनेका छन्, “शरीर फलामजस्तो लाग्थ्यो । पहाड फोडिदिउँ जस्तो लाग्थ्यो । शरीर त हावा रहेछ । त्यसैले यो बेलामा राजनीतिक इख पाखेर आफ्नो मनलाई फोहोर नबनाऔँ । बिन्ती छ । सबैले सबैको राम्रो र भलाइ सोचौँ । एकले अर्कालाई वैमन्यश्यता पालेर केही फाइदा छैन । मनमा राक्षसपन पलाउनु मात्र रहेछ ।”

कोरोनाले धेरै कमजोर बनाउने भएकाले हेलचक्र्याई नगर्न पनि उनले आग्रह गरेका छन् । आफ्नो परिवारले छिमेकीबाट धेरै माया पाएकाले आफू भाग्यमानी रहेको समेत उनले बताएका छन् । उनले मास्कलाई कुनै पनि हालतमा नछोड्न आग्रह समेत गरेका छन् ।

Loading
TOP