बैंग्लोरमाथि पन्जाबको जित

बैंग्लोरमाथि पन्जाबको जित

काठमाडौं, बैशाख १८ । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पन्जाब किङ्सले सहज जित निकालेको छ । शुक्रबार भएको खेलमा पन्जाबले रोयल्स च्यालेन्जर्स बैंग्लोरमाथि ३४ रनको फराकिलो जित हात पारेको हो ।

नरेन्द्र मोदी क्रिकेट स्टेडियममा पन्जाबले दिएको १८० रनको लक्ष्य बैंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४५ रन बनायो ।

बैंग्लोरका लागि कप्तान विराट कोहलीले सर्वाधिक ३५ रनको योगदान गरे । त्यस्तै राजत पाटिदर र हर्शल पटेलले समान ३१-३१ रनको योगदान गरे ।

बलिङतर्फ पन्जाबका लागि हर्पित बरारले सर्वाधिक ३ विकेट लिए । त्यस्तै रवी विश्नोइले २ विकेट लिँदा रिले मेरेडिट, मोहोम्द श्वामी र क्रिस जोर्डानले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबले निर्धाीरत २० ओभरमा ५ विकेट गुमाउँदै १७९ रन बनायो । पन्जाबका लागि कप्तान केएल राहुलले ९१ रनको अर्धशतकीय पारी खेले ।  ५७ बल खेलेका उनले ७ चौका र ५ छक्का प्रहार गरे ।  त्यस्तै क्रिस गेलले ४६ रन तथा हेर्पेट बरारले २५ रन जोडे ।

बलिङतर्फ रोयल्स च्यालेन्जर्स बैंग्लोरका लागि केले जेमिसनले दुई विकेट लिए । त्यस्तै डेनियर श्याम्स, युजेभेन्द्र चहाल र शाहबाज अहेमेदले समान एक–एक विकेट लिए ।

जितसँगै पन्जाबले ७ खेलबाट ६ अंक जोडेको छ । पन्जाब तालिकाको पाँचौं स्थानमा छ । पराजित बैंग्लोर १० अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

Loading
TOP