७ हजार ४४८ संक्रमित थपिए, मृतकको संख्या अहिलेसम्मकै उच्च

७ हजार ४४८ संक्रमित थपिए, मृतकको संख्या अहिलेसम्मकै उच्च

काठमाडौं, बैशाख २० । पछिल्लो २४ घण्टामा ७ हजार ४४८ जना कोभिड १९ संक्रमित थपिएका छन् । त्यस्तै कोभिड संक्रमणका कारण पछिल्लो २४  घण्टामा ३७ जनाको मृत्यु भएको छ ।

यो कोभिड अवधिभरकै उच्च मृत्युको संख्या हो । योसँगै नेपालमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ र संक्रमितको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ ।

Loading
TOP