फ्रन्टलाइनरको सम्मान गर्न वरिष्ठ डाक्टरहरुको आव्हान (भिडियाेसहित)

फ्रन्टलाइनरको सम्मान गर्न वरिष्ठ डाक्टरहरुको आव्हान (भिडियाेसहित)

काठमाडौं, बैशाख २१ । कोभिड–१९ को दोस्रो लहरमा आफ्नो ज्यानकोसमेत बाजी लगाएर विरामीको सेवामा लागेको चिकित्सकको सम्मान गर्दै वरिष्ठ चिकित्सकहरुले उनीहरुको सम्मानका लागि सबैमा आव्हान गरेका छन् ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा भोला रिजाल, डा सुधा शर्मा, डा भगवान कोइराला र डा केदार नर्सिङ केसी भिडयो सन्देश दिँदै अग्रपक्तिमा रहेर सेवा गर्नेहरुको सम्मान गर्न सबैमा आव्हान गरेका छन् । उनीहरुले अहिलेको महामारी नियन्त्रणका लागि सदैबा जुटीरहेका चिकित्सक, स्वास्थ्य सेवाका कर्मचारी, प्रहरी, सञ्चारकर्मी सबैको योगदान महत्वपूर्ण हुने बताएका छन् ।

सेवामा कुनै अवरोध नगर्ने र सरकारले लागू गरेको स्वास्थ्य मापदण्ड पालना गर्न सबै नागरिकलाई उनीहरुले संयुक्त आव्हान गरेका छन् । कोरोना नियन्त्रणमा यस्ता सूचनाहरुले महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

हेर्नुहोस भिडियो सन्देश

Loading
TOP