२९ गतेसम्म लम्बियाे निषेधाज्ञाः पसल बिहानमात्रै खोल्न पाइने, घरबाहिर निस्कन कडाइ

२९ गतेसम्म लम्बियाे निषेधाज्ञाः पसल बिहानमात्रै खोल्न पाइने, घरबाहिर निस्कन कडाइ

काठमाडौं, बैशाख २१ । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई वैशाख २९ गतेसम्म लम्ब्याउने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यस्तो निर्णय गरेको हो ।

आइतबार मन्त्रिपरिषद् बैठकले १५ दिन थप निषेधाज्ञा जारी गर्न प्रशासनलाई निर्देशन दिएको थियो । निषेधाज्ञालाई कडाइ र कोरोना महामारी नियन्त्रण गर्न काठमाडौं, ललितपुर र भक्तपुर प्रशासनले छुट्टाछुट्टै विज्ञप्ती जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यसअघि  जारी भएको पहिलो चरणको निषेधाज्ञा भोलि २२ गते राति १२ बजे सकिँदै छ । यस्तै यो समयमा उपत्यका छाड्नेलाई सहजीकरण गर्ने पराजुलीले बताए । निर्णयअनुसार अब पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइनेछ । बेलुका पूर्णरुपमा बन्द गरिनेछ । नागरिकलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कनेलाई कडाइ गरिनेछ ।

 

Loading
TOP