ममता बेनर्जीविरूद्धकाे एउटा ट्वीटले कंगनाको ट्विटर अकाउन्ट निलम्बनमा

ममता बेनर्जीविरूद्धकाे एउटा ट्वीटले कंगनाको ट्विटर अकाउन्ट निलम्बनमा

मुम्बई, वैशाख २१ । बलिउडकी अभिनेत्री कंगना रनावतको ट्विटर अकाउन्ट निलम्बित (सस्पेन्ड) भएको छ। उनले लगातार विवादास्पद ट्विट गरेपछि अकाउन्ट निलम्बन गरेको एनडिटिभीले जनाएको छ।

ट्विटरमा विभिन्न राजनीतिक तथा बलिउडका टिप्पणी गरेर कंगना पटक-पटक विवादमा आउने गर्छिन्। उनको अकाउन्ट निलम्बित भएसँगै अहिले ट्विटरमा कंगना रनावत ट्रेन्डिङमा छिन्। उनले पश्चिम बंगालको चुनावी नतिजाबारे विवादास्पद टिप्पणी गरेकी थिइन्।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई २००० सालको सुरूमा जस्तै ‘विराट’ रूप लिएर पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीलाई काबूमा राख्न आग्रह गरेकी थिइन्। उक्त ट्विट गरेपछि उनको अकाउन्ट निलम्बन गर्न माग भएको थियो।

हालै पश्चिम बंगालमा भएको विधानसभाको चुनावमा ममता बेनर्जीको तृणमूल कंग्रेस पार्टीले जितेको हो। उनले आफ्नो चुनावी क्षेत्र नन्दीग्राममा हारे पनि उनको पार्टीले दुई तिहाइ बढी सिट जितेको छ।

Loading
TOP