विभिन्न पार्टी छाडेर २ सय २० जना कांग्रेसमा प्रवेश

विभिन्न पार्टी छाडेर २ सय २० जना कांग्रेसमा प्रवेश

बर्दिया । नेपाली काँग्रेस ठाकुरबाबा नगरपालिकाको प्रथम नगर सम्मेलनको कार्यक्रममा २ सय २० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।


नेपाली कांग्रेस ठाकुरबाबा नगर कार्यसमितिको आयोजनामा बर्दियाको भुरीगाँउमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी, राप्रपा लगायतका पार्टी परित्याग गरि आएकालाई नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले स्वागत गरेका थिए ।

विभिन्न पार्टी परित्याग गर्ने अधिकांश ठाकुरबाबा नगर क्षेत्रका स्थानीयहरु करिब २ सय २० जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेस ठाकुरबाबा नगरपालिकाका नगर सभापति दीपक राज तिमिल्सिनाले बताए ।

सोमबार भुरिगाँउ बजारमा करिब २ हजार स्थानीयको सहभागिता रहेको नगर सम्मेलनमा नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला, नेता एवं संघीय सांसद गगन थापा, नेता दीपक गिरी, चन्द्र भण्डारी, नेपाली कांग्रेस बर्दियाका सभापति एंव संघीय सांसद संजय कुमार गौतम र प्रदेश नं ५ का सांसद भुवनेश्वर थारु, नेपाल महिला संघ बर्दियाका अध्यक्ष एवं गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरी लगायत उपस्थिति रहेको थियो ।

Loading
TOP