हारेका वामदेवलाई सांसद बनाउन संविधान संशोधन !

हारेका वामदेवलाई सांसद बनाउन संविधान संशोधन !

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले संविधान संशोधनमा गृहकार्य गर्ने भन्दै कार्यदल बनाएको छ ।

वरिष्ठ नेता माधवकुमार नेपालको संयोजकत्वमा रहेको कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेकपा नेता तथा वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा छन् ।

नेकपा उपाध्यक्षलाई राष्ट्रिय सभामा ल्याउने करिब निश्चित भएपछि संविधान संशोधनको तयारी गरिएको हो ।

आफ्नो प्रतिनिधित्वको लागि गौतमले राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने व्यवस्था हुनु पर्ने अडान राख्दै आएका थिए । 

गौतमलाई राष्ट्रपतिद्दारा मनोनित गरेर राष्ट्रिय सभामा ल्याउने तयारी भइरहेको छ । राष्ट्रपतिबाट मनोनित भएका अहिलेका अर्थमन्त्री युवराज खतिवडाको संसद अवधि फागुन २१ देखि सकिने भएकाले गौतमलाई उनको ठाउमा ल्याउने तयारी नेकपा नेतृत्वले गरेको हो । 

अहिलेको संवैधानिक प्रावधान अनुसार राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउँदैनन् ।  

Loading
TOP