ओली र प्रचण्डबीच देशको समसामयिक विषयवस्तुमा छलफल

ओली र प्रचण्डबीच देशको समसामयिक विषयवस्तुमा छलफल

१२ फागुन, काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच सोमबार बिहान छलफल भएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा प्रधानमन्त्री ओली र प्रचण्डबीच देशको समसामयिक विषयवस्तुमा छलफल भएको हो ।

दुई अध्यक्षबीच देशको समसामयिक राजनीतिक परिस्थिति र पार्टी सञ्चालनका विषयमा छलफल भएको छ ।

गोकुल बास्कोटाको अडियो टेप प्रकरण, एमसीसी, संबिधान संशोधनजस्ता विषयले नेकपा भित्र विवाद बढ्दै गएको बेला दुवै अध्यक्षबीच छलफल भएको हो ।

Loading
TOP