त्रिपुरासुन्दरी मन्दिरको विशेष पूजा राष्ट्रपति भण्डारीद्वारा गरिने

त्रिपुरासुन्दरी मन्दिरको विशेष पूजा राष्ट्रपति भण्डारीद्वारा गरिने

१२ फागुन, बैतडी । राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने भएकी छिन् ।

राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि दशरथचन्द नगरपालिकाले उनलाई नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको छ । उनी दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्टिच्युटको नवनिर्मित भवन र छात्राबासको उद्घाटन गर्ने कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए ।

यसका साथै पाटन नगरपालिका र सम्पूर्ण जिल्लाबासीको तर्फबाट पाटनमै नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको उनले बताए ।

यसअघि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुन धाममा पनि राष्ट्रपतिले विशेष पूजाआजा गर्ने कार्यक्रम छ ।

राष्ट्रपति भण्डारी पहिलो पटक बैतडी आउन लाहेकी हुन् ।

Loading
TOP